प्रचण्ड र ओलीको निर्णायक वार्तामा

प्रचण्ड र ओलीको निर्णायक वार्तामा

३९५ पटक पढिएको

काठमाडौं । पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन वाम गठबन्धनका शीर्ष नेताबीच आज भेटवार्ता हुदैछ । पार्टी भित्र आन्तरिक छलफल गरेका वाम गठबन्धनका दुवै नेता निर्णायक छलफलमा जुट्ने तयारी गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो केन्द्रिय सचिवालय बैठकमा एकता प्रक्रिया निष्कर्श उन्मुख रहेको बताउदै राजनीतिक र सांगठनिक बिषयमा एमालेसंग सहमती जुटेको बताउनुभएको थियो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले माओवादीसंगको एकता प्रक्रियाबारे आफ्नो दलका नेताहरुसंग अनौपचारिक छलफल गरिरहनु भएको छ ।

कार्यव्यस्थताका कारण साँझ साढे ६ बजे बोलाईएको एमाले स्थायी कमिटि बैठक भने स्थगित भएको थियो । माओवादी अध्यक्षको नीजि सचिवालयका अनुसार बैठक बस्ने तय भएपनि समयको टुङ्गो लागिनसकेको बताएको छ । 

सांगठनिक हिस्सेदारीमा कुरा नमिल्दा लम्बिएको एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने दुवै दलका शीर्ष नेता सकारात्मक छन् ।

बैशाख २२ गतेको माक्स जयन्तीको अवसरमा एकताको औपचारिक मिति घोषणा गर्ने तयारी दुवै दलले गरेका छन् ।