पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

३३ पटक पढिएको

पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ।

'सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफ्पीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ। 

गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औँ प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उहाँमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो । भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उहाँलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो ।