संसदमा जिवनराम श्रेष्ठले भने, ‘खेलकुदमा लगानी गरौ’

संसदमा जिवनराम श्रेष्ठले भने, ‘खेलकुदमा लगानी गरौ’

३९७ पटक पढिएको

काठमाडौं । सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद राष्ट्रलाई एकता गर्ने आधार भएकाले यसमा लगानी गर्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले दक्षिण एसियाली खेलकुद (साग)को आयोजना नेपालले गर्ने भएकाले यसलाई सफल पार्न स्पस्टरुपमै प्राथमिकतामा राख्नुपर्ने बताए । उनले राष्ट्रको गौरव बढाउने खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गर्न पनि माग गरे ।

सांसद श्रेष्ठले पूर्वाधारको क्षेत्रमा नीति तथा कार्यक्रममा आएको योजनाले खेलकुदलाई राम्रो गर्ने विश्वास व्यक्त गरे ।उनले नेपालमा अन्तरास्ट्रिय प्रतियोगिता आयोजना गर्ने वातावारण निर्माण गर्नका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको धारणा थियो।

काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधि सभामा निर्वा्चित भएका श्रेष्ठ रास्ट्रिय खेलकुद परिसदका पुर्व सदस्य सचिव समेत हुन्।