शाङ्गहाई सहयोग संगठनको छिङ्गताउ शिखर सम्मेलनको उपलब्धि

शाङ्गहाई सहयोग संगठनको छिङ्गताउ शिखर सम्मेलनको उपलब्धि

७७ पटक पढिएको

शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक समितिको १८औं शिखर सम्मेलन आज १० तारिख छिङ्गताउ शहरमा सम्पन्न भएको छ। शिखर सम्मेलनले छिङ्गताउ घोषणा-पत्र पारित गर्नुका साथै सुरक्षा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रामा दशभन्दा बढी सहयोगात्मक दस्तावेज पारित गरेको छ। यी उपलब्धिहरुले “शाङ्गहाई भावना”मा सदस्य मुलुकमा नयाँ सहमति देखाउनुका साथै शाङ्गहाई सहयोग संगठनको नयाँ विकासका लागि नयाँ योजनाको तयार गरेको छ।

संयुक्त रुपमा एकतालाई घच्घच्याउने नयाँ सहमति
विभिन्न पक्षले “शाङ्गहाई भावना”को प्रसार गरेर मैत्रीपूर्ण छिमेकी सम्बन्धलाई कायम राख्नुका साथै व्यावहारिक सहयोगलाई गहन पार्नेछन्।
संयुक्त रुपमा सुरक्षाको निर्माण गर्ने नयाँ कदम
विभिन्न पक्षले संयुक्त, मिलिजुली, सहयोगात्मक र दिगो विकास हुने सुरक्षा धारणाको पालना गरेर क्षेत्रीय सुरक्षा तथा स्थिरताको रक्षा गर्नेछन्। 
संयुक्त रुपमा विकास गर्ने नयाँ शक्ति
विभिन्न पक्षले आपसी हितकर र साझा विजयी सिद्धान्तको निरन्तर पालना गरेर रणनीतिक सम्पर्कलाई सबल पार्नुका साथै विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई गहन पार्नेछन्।
संयुक्त रुपमा जनस्तरमा नयाँ आदान-प्रदान
विभिन्न पक्षले आपसी सांस्कृतिक विविधता र सामाजिक मानको सम्मान गर्ने आधारमा जनस्तरीय आदान-प्रदानलाई सबल पार्नेछन्।