टि–२० महिला विश्वकप क्रिकेट

टि–२० महिला विश्वकप क्रिकेट

२०८ पटक पढिएको

टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्ने भएको छ । थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने वाध्यता छ । समूहको पहिलो र दोस्रो खेलमा बर्षाका कारण अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो ।

तेस्रो खेलमा बिहीबार युएईसँग ५ रनले पराजित भएपछि त नेपालको बाटो झनै कठिन बनेको हो । युएईले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोडेको थियोे । ६ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा शीर्ष २ स्थानमा रहने टोली विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् । तीन खेलबाट २ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।

नेपालले आज मलेसियासँग खेलेपछि समूहको अन्तिम खेलमा आइतबार चीनसँग प्रतिष्पर्धा गर्ने छ ।