शाङ्गहाई शिखर सम्मेलन सम्पन्न

शाङ्गहाई शिखर सम्मेलन सम्पन्न

३५२ पटक पढिएको

काठमाडौं । शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकको १८औं शिखर सम्मेलन चीनको छिङ्गताउ शहरमा सम्पन्न भएको छ । शिखर सम्मेलनले छिङ्गताउ घोषणा–पत्र पारित गर्नुका साथै सुरक्षा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा दशभन्दा बढी सहयोगात्मक दस्तावेज पारित गरेको छ ।
सम्मेलनले “शाङ्गहाई भावना“को सदस्य मुलुकमा नयाँ सहमति देखाउनुका साथैसंगठनको नयाँ विकासका लागि नयाँ योजना तयार गरेको छ ।
विभिन्न पक्षले “शाङ्गहाई भावना“को प्रसार गरेर मैत्रीपूर्ण छिमेकी सम्बन्धलाई कायम राख्नुका साथै व्यावहारिक सहयोगलाई गहन पार्नेछन् ।

विभिन्न पक्षले संयुक्त, मिलिजुली, सहयोगात्मक र दिगो विकास हुने सुरक्षा धारणाको पालना गरेर क्षेत्रीय सुरक्षा तथा स्थिरताको रक्षा गर्नेछन् ।