संसद सचिवालय भन्छ, ‘रेशम चौधरीलाई शपथ गराउन सकिदैन’

संसद सचिवालय भन्छ, ‘रेशम चौधरीलाई शपथ गराउन सकिदैन’

३१८ पटक पढिएको

काठमाडौं । संसद सचिवालयले टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई तत्काल शपथ गराउन नसकिने बताएको छ । संसद नियमावली पारित भएपनि पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तलाई सपथ गराउन नसकिने संसद सचिवालयले जिकिर गरेको हो ।

सचिवालयका प्रवक्ता भरतराज गौतमले मुद्धाको टुङ्गो नलागेसम्म चौधरीलाई सपथ गराउन नसकिने बताउनुभएको छ । मुद्धा चलिरहेको अवस्थामा संसदले भर्खरै पारित गरेको नियमावलीले कुनै फरक नपार्ने भएकाले   सपथ ग्रहणका बिषयमा आवश्यक गृहकार्य नभएको उहाँले प्रष्ट पार्नुभयो ।
यता, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विण्णु रिमालले सपथको बिषय संसद सचिवालयको भएको बताउदै त्यस बिषयमा सरकारले केही गर्न नसक्ने बताउनुभएको छ ।

टिकापुर घटनाका मुख्य अभियुक्त चौधरीले भुमिगत अवस्थामा राष्ट्रिय जनता पार्टी राजपाबाट चुनाव जितेका थिए । राजपाले संसदले नियमावली पारित गरिसकेको अवस्थामा चौधरीलाई सपथ ग्रहणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।