बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

३३१ पटक पढिएको

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । ९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । 


उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उहाँ अझ चर्चित बन्नुभएको थियो । उहाँले २ वर्ष बृटिश सेनामा काम गरेर दोस्रो विश्वयुद्ध पनि लड्नुभयो । पछि उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँको जन्मघर खोटाङको लामिडाँडा हो । 
उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम गरिने छ ।।