मधेसवादी दलहरुले राखेका  माग संशोधन गर्ने तयारी

मधेसवादी दलहरुले राखेका माग संशोधन गर्ने तयारी

१७३ पटक पढिएको

सरकारले संविधान संशोधनका बिषयमा मधेसवादी दलहरुले राखेका ११ माग मध्ये दुई वटा माग संशोधन गर्ने तयारी गरेको छ । सत्तासिन नेकपाका शीर्ष नेताहरुले संशोधनको बिषयमा संवाद अघि बढाएका छन् ।

 
११ मागहरु मध्ये हाललाई नागरिकता र भाषका बिषयमा संविधान संशोधन गर्न सरकार तयार भएको राजपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिनु भएको छ ।  भाषा आयोगको सिफारिसमा सरकारले सरकारी कामकाजको भाषा भनि निर्णय गर्ने र त्यसलाई संविधानको अनुसूचीमा थप गरेर भाषालाई सम्बोधन गर्नुपर्ने राजपा र फोरम नेपालको माग रहेको छ । 


शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७४ भदौ ५ गते संविधान संशोधनको विधेयकका पक्षमा दुई तिहाई पुग्न सकेको थिएन । तत्कालिन समयमा कांग्रेस, माओवादी केन्द्र, फोरम र राजपाले सो विद्येयकको पक्षमा र एमाले र केही साना दलले सो को विपक्षमा मत हालेका थिए । विद्येयक अस्विकृत भएतापनि राजपा र फोरम नेपालले त्यसलाई मुख्य मुद्धा बनाएर निर्वाचनमा भाग लिएका थिए ।