अफगानिस्तानमा भएको आत्मघाति वम विष्फोटमा २० जनाको मृत्यु

अफगानिस्तानमा भएको आत्मघाति वम विष्फोटमा २० जनाको मृत्यु

१६६ पटक पढिएको

अफगानिस्तानमा भएको आत्मघाति वम विष्फोटमा २० जनाको मृत्यु भएको छ । तालीवान समूह, सुरक्षा बल र नागरिकले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक आक्रमणकारीले विष्फोट गराउदा २० जनाको मृत्यु भएको हो । घटनामा कम्तीमा १६ जना घाईते भएका छन्। 


पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा घाइते भएका सबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रान्तीय गभर्नरका प्रवक्ता अतुल्लाह खोग्यानीले घटनाको पुष्टि गर्दै विस्फोटका कारण २० जनाको मृत्यु भएको बताएका छन् ।