फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

२६२ पटक पढिएको

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । आज हुने पहिलो खेलमा समूह ’एच’ बाट कोलम्बिया र जापानले प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल नेपाली समय अनुसार साँझ पौन ६ बजे सूरु हुनेछ ।
यस्तै सोही समूहको दोस्रो खेलमा पोल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । 
रुसी विश्वकपमा आजबाट समूह चरण अन्तर्गतको दोस्रो चरणको खेल समेत सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेलमा समूह ’ए’ बाट आयोजक रुस र इजिप्टले प्रतिस्पर्धा गर्दैछ । रुस र इजिप्टबीचको खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५ – ० ले हराएको थियो । इजिप्ट भने पहिलो खेलमा उरुग्वेसँग १ – ० ले पराजित भएको थियो ।