२५ करोड घोटाला भन्दै मन्त्रालयद्धारा छानबिन सुरु

२५ करोड घोटाला भन्दै मन्त्रालयद्धारा छानबिन सुरु

६७ पटक पढिएको

खानेपानी संस्थानका महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको भन्दै नेपाल खानेपानी संस्थानले छानविन सुरु गरेको छ । 
महानिर्देशक प्रसाद विरुद्ध अख्तियार र खानेपानी मन्त्रालयमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परे पछि संस्थानले छानविन सुरु गरेको हो । 
मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समितिले जनाएको छ ।।