आजको दिन वर्षभरीकै सर्वाधिक लामो 

आजको दिन वर्षभरीकै सर्वाधिक लामो 

१९५ पटक पढिएको

आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य र पृथ्वीबीच विशेष गरेर चार प्रकारको भौगोलीय बिन्दु हुन्छ । त्यसमा दुईवटा बिन्दु ९० अंशमा पर्ने र अर्को दुई बिन्दु २३ डिग्री चार मिनेटमा पर्ने हुन्छ ।
९० अंशमा पर्दा दिन र रात बराबर हुन्छ भने २३ डिग्री चार मिनेटमा पर्दा उत्तरी गोलार्द्धमा दिन लामो हुने र दक्षिणी गोलार्द्धमा रात लामो हुने हुन्छ । आज सुर्य र पृथ्वी २३ डिग्री चार मिनेटमा पर्ने ज्योतिषी डा. सुनील सिटौलाले बताउनुभयो । 
उहाँका अनुसार नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने हुँदा नेपालमा आज दिन वर्षकै लामो हुने र अस्ट्रेलिया लगायत दक्षिणी गोलार्द्धमा आजको दिन वर्षकै छोटो हुने हुनेछ । भोलिदेखि क्रमिक रुपमा दिन छोटो र रात लामो हुँदै जानेछ ।