विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदै

विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदै

९३ पटक पढिएको

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह सीबाट डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सामरा एरिनामा हुनेछ । 
अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा डेनमार्क दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पेरुलाई हराएको डेनमार्क अष्ट्रेलियालाई हराउदै नकआउट चरणमा पुग्न चाहन्छ । अष्ट्रेलिया भने पहिलो जितको खोजीमा हुनेछ । फ्रान्ससँग पहिलो खेलमा पराजित अष्ट्रेलियालाई दोस्रो चरणको बाटो खुल्ला गर्म आजको खेल जित्नु पर्ने दबाब छ ।
दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे एकटेरियान स्टेडियममा हुनेछ । बलियो फ्रान्स आजको खेल जित्दै अन्तिम १६ मा पुग्न चाहन्छ । पहिलो खेलमा अष्ट्रेलियालाई हराएको फ्रान्स दोस्रो जितको खोजीमा रहने छ । पेरु भने पहिलो जितको खोजीमा रहने छ ।
रुस विश्वकपमा आजबाट समूह डीको एक खेल हुँदैछ । आज राति हुने  खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे नोभगोरोड स्टेडियममा सुरु हुनेछ । क्रोएसियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न उसलाई जित्नैपने दबाब छ । क्रोएसिया दोस्रो जितको लागि मैदान उत्रने छन् । पहिलो खेलमा नाइजेरियालाई हराएको क्रोएसिया आजको खेल जित्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।