राजपाको महाधिवेशन तयारी तिब्र

राजपाको महाधिवेशन तयारी तिब्र

१५५ पटक पढिएको

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले (राजपा)ले महाधिवेशनको तयारी तिब्र पारेको छ । महाधिवेशनलाई सफल बनाउन अध्यक्ष मण्डलको नियमित बैठकदेखि जिम्मेवारी बाँडफाँडलाई अगाडि बढाएको छ । 


राजपा नेता लक्ष्मणलाल कर्णले महाधिवेशनका लागि विधान निर्माणको काम अघि बढिरहेको क्यापिटल समाचारलाई जानकारी दिनुभयो । असार २१ गतेसम्म विधान निर्माणको काम सम्पन्न गर्ने तयारी गरिएको बताउदै उहाँले त्यसपछि थप काम अघि बढ्ने बताउनुभयो ।  


राजपाले बैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आगामी नेतृत्वका लागि पार्टी भित्रका अध्यक्ष मण्डलका नेताहरु लबिङ्मा जुटिसकेका छन् ।