रविन्द्र मिश्रको आक्रोस, कम्युनिष्टको नाममा कलंक हौ

रविन्द्र मिश्रको आक्रोस, कम्युनिष्टको नाममा कलंक हौ

३१७ पटक पढिएको


काठमाडौं । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अनसनरत डा. गोविन्द केसीको मागप्रति सरकार उदासिन भएको भन्दै चर्को आक्रोश पोख्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत असन्तुष्टि पोख्दै संयोजक मिश्रले जनताको स्वास्थ्य सेवाकालागि निस्वार्थ लड्ने डा. केसीप्रति संवेदनशिल हुन सरकारसंग माग गर्नुभएको हो । 

काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाउने प्रावधान सहित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्नुपर्ने लगायतका माग राख्दै डा. केसी पटक–पटक अनसन बस्दै आउनु भएको छ । 

यसपटक सरकारले सो विधेयक तोडमोड गर्दै संसदमा दर्ता गर्न खोजेपछि डा. केसीले शनिबारदेखी जुम्लामा आमरण अनसन सुरु गर्नुभएको हो । कम्युनिष्टको नाममा वर्तमान सरकार र दलहरु कलंक भएको संयोजक मिश्रको आरोप छ । उहाँले असल भनिएका मन्त्रीहरु लालबाबु पण्डित, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीको भुमिकाबारे पनि प्रश्न उठाउनुभएको छ ।


 

Add Image