ल्याङच्याह :सी चिनफिङको गाँउ फिर्ती--पहिलो भाग

ल्याङच्याह :सी चिनफिङको गाँउ फिर्ती--पहिलो भाग

१०० पटक पढिएको

यस विशेष कार्यक्रममा हामी प्रस्तुत गर्दैछौं, पल्लो शान्सी प्रान्तको ल्याङच्याह गाउँको यथार्थपरक साहित्यिक गतिविधिको श्रव्य सामग्री। जसबाट चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको प्रारम्भिक राजनीतिक जीवनबारे जानकारी लिन सकिनेछ। सन् १९६९ मा ७ वर्ष ल्याङच्याहमा सीले बिताएको गाउँले जीवन तथा कामबारे अवगत हुनसक्नेछ।

सी चिनफिङको फिर्ती

सन् २०१५ को फेब्रुअरी ११ तारिखका दिन विहान ११ बजेतिर तीन वटा बस ल्याङच्याह गाउँको प्रवेशस्थलमा रोकिन्छन्। केही यात्रुहरू ओर्लिन्छन् र गाउँतर्फ हतारिँदै जान्छन्।

'सी चिनफिङ फर्किनुभयो!"

यो चर्को आवाज सुनेपछि गाउँलेहरू प्रवेशनाकातर्फ दौडिन थाल्छन्।

सी चिनफिङ ल्याङच्याहमा फर्किनुभएको थियो। एउटा सानो गाउँ जहाँ फर्किने सपना देख्ने गर्नुहुन्थ्यो। जुन ठाउँलाई उहाँले ४० वर्षदेखि सम्झना गरिरहनु भएको थियो।

उहाँले आफूलाई भावुक हुनबाट रोक्न सक्नुभएन।

त्यो त्यही ठाउँ थियो, जहाँ उहाँ बस्नुभएको थियो र ७ वर्षसम्म श्रम गर्नुभएको थियो। ती व्यक्तिहरू तिनै थिए जसका वरिपरि उहाँ झुम्मिने गर्नुभएको थियो। उहाँले अझै तिनीहरूलाई सम्झिन सक्नुभएको थियो।

टाढैबाट सीले भीडमा रहेका श छुनयाङलाइ चिन्न सक्नुभयो र हेल्लो सुइवा!" भनेर बोलाउनुभयो। उहाँले प्रत्येक साथीहरूसँग हात मिलाउनुभयो। कसैले पनि उहाँलाई छोड्न चाहँदैनथियो।

यी साथीहरूका अनुहारमा रेखाहरू कुँदिइसकेका थिए तर सीले उनीहरूको निक नेम अर्थात् उपनाम नै बताउनसक्नुभयो।

सी चिनफिङ आफ्नी धर्मपत्नी फङ लियुआनका साथमा यात्रा गरिरहनुभएको थियो। धर्मपत्नीबारे सीले उहाँका गाउँलेहरूलाई परिचय दिइरहनुभएको थियो।

'उनी मेरी श्रीमती हुन् र म उनलाई मेरा गाउँलेहरूसँग भेटाउन ल्याएको छु', गाउँलेहरू सीको स्थानीय बोली सुनेर दंग परिरहेका थिए।

'चाङ वैफाङ, तिमी अलिकति पनि फेरिएका रहेनछौ।' साथीहरूलाई अभिवादन गर्ने क्रममा सीले चाङ वैफाङको दृश्य पक्डिइहाल्नुभयो। उहाँले चाङको हात समात्नुभयो र धर्मपत्नी फङ ली युआनको परिचय दिनुभयो 'उनी लियाङ युमिङका देवर हुन्।'

गाउँलेहरूको भीड ओइरिएर सी चिनफिङसँगै कुराकानी गर्दै र पैदल हिँड्दै गाउँ समितिको कार्यालयसम्म पुग्यो।

उनीहरू त्यति पर पुग्नुभन्दा अघि नै अरू धेरै मानिसहरू त्यो हुलमुलमा सामेल भए। उनीहरूले समूह समूह बनाएर सी चिनफिङलाई घेर्दै हिँडे, जबसम्म उहाँ अलि टाढासम्म पनि पुग्न पाउनुभएको थिएन।

त्यसपछि श् छुनयाङ चिच्याएः 'हाम्रो परिवार छ, जो हाम्रो घरमा भेट्न आएको छ। यसरी नै हो हामीले स्वागत गर्ने? उनीहरूलाई यसरी ढोका बाहिरै राख्ने हो र? ल अब भित्र जान दिउँ।'

सी चिनफिङ यहाँ उपस्थितमध्ये धेरैजसो गाउँलेहरूसँगै काम गर्नुभएको थियो। त्यसैले कतिपयलाई याद गर्न सक्नुहुन्थ्यो।

उहाँले साथीभाइमाझ गफ लगाउन शुरू गर्नुभयो, 'तिमी कसरी पैसा कमाइरहेका छौ? प्रायः के खाने गरेका छौ? घरमा बुढाबुढीको अवस्था के कसो छ? बच्चाबच्चीहरूको हालचाल कस्तो छ? सामान्य जीवन के कस्तो चलिरहेको छ? भात खाने गर्या छ? प्रायजसो मासु खाने गरेको छ?'

उहाँका साथीले भनेः 'जीवन क्रमशः राम्रो बन्दै गैरहेको छ। सामान्यतया गहुँको पिठो नै हामो मुख्य खानेकुरा हो। तर हामी भात पनि खान सक्छौं र चाहेको बेला मासु पनि खान सक्छौं।'

सी चिनफिङ यो सुनेर खुशी हुनुभयो अनि भन्नुभयोः 'निकै राम्रो। हाम्रा गाउँलेहरू सुखी जीवनशैलीमा रमाएको थाहा पाउँदा मलाई सन्तुष्टी भयो।'

मेरो मन यहीं रहेको छः

त्यो वसन्त ऋतुको समय थियो, न्यानो घामले मानिसहरूका पाखुरामा न्यानोपन छाइरहेको थियो र टाढा हिमालमा हिउँ पनि पग्लिरहेको थियो।

गाउँ समितिको कार्यालय परिसरमा उभिएर सीले हृदयदेखि भन्नुभयोः 'म आज यहाँ फर्किन पाएकोमा निकै उत्साहित छु। तपाइँहरू सबैलाई यहाँ देख्न पाउँदा निकै खुशी लाग्यो। सन् १९६९ को जनवरीमा मैले जीवनकै पहिलो कदम चालेको थिएँ र त्यो यही ल्याङ्च्याह गाउँ थियो। म सात वर्षसम्म यही बसें र यद्यपि छोडेर जानुपर्यो। तर मेरो मन सँधै यही तपाइँहरूसँगै छ।'

गाउँलेहरू सीका शब्द सुनेर मन्त्रमुग्ध भए। ८५ वर्षका ल्याङ यौछाङले ताली पड्काउन थाले र आँखाबाट झर्न थालेका आँशु रोक्न सकेनन्। ल्याङ यौछाङतर्फ हेर्दै सी चिनफिङले जोशपूर्वक भन्नुभयो- 'म देखिरहेछु, ल्याङ यस गाउँको सबैभन्दा पाको सदस्य हुनुहुन्छ, उहाँ हजुरबा हुनुहुन्छ। शायद यो हाम्रो पनि पहिलोपटक भएको भेट हुनुपर्छ, उहाँसँग मेरो भेट हुनु अहोभाग्यको कुरा हो किनभने मैले ल्याङच्याह गाउँसँग निकै बलियो सम्पर्क स्थापित गरेको छु। म यहाँ बसें र तपाइँका अभिभावक तथा बुज्रुकहरूसँग काम गरें। मेरो जीवनको पहिलो शिक्षा यही ल्याङच्याहबाट लिएँ। ल्याङच्याहलाई कसैलाई पनि कम आँक्न नदिनुहोस्, यो ठाउँ ठूलो शिक्षाको थलो हो। यदि तिमी हृदयदेखि नै ग्रहण गर्छौ भने जीवनले जहाँसुकै लगेपनि तिमी ज्ञान हासिल गर्नसक्छौ।'

सी भन्दै जानुभयो-'म यहीँबाट उत्पादन ब्रिगेडको पार्टी सचिवमा बढुवा भएको थिएँ। त्यो विन्दुबाट हेर्दा मैले मौका पाउने वित्तिकै आफ्ना जनताका लागि केही काम गर्ने निर्णय गरें। ल्याङच्याहको भविष्य सँधै उज्वल मात्रै हुँदै जाने म विश्वास गर्छु। म यो देख्न चाहन्छु कि हाम्रा बालबच्चाहरू स्वस्थ ढंगले हुर्कँदै जाउन् र जनताको राम्रो सेवा गर्नसक्ने बनून्।'

सीको इमान्दार भाषण सुनिसकेपछि वसन्तको न्यानो हावाले छोए जसरी गाउँलेहरूको मन छुन्छ, र तालीको गड्गडाहटसँग मिल्छ।

सन् १९७५ मा सी चिनफिङले ल्याङच्याह गाउँ छोड्नुभयो। तत्पश्चात् यो गाउँमा फर्किएको यो दोश्रो पटक थियो। सन् १९९३ को सेप्टेम्वर २७ तारिखका दिन तत्कालीन फुच्यान प्रान्त पार्टी स्टाण्डिङ कमिटीको सदस्य रहँदा तथा पार्टीको फुचौ नगर शाखा सचिव हुँदा सीले पहिलो पटक ल्याङच्याहको भ्रमण गर्नुभएको थियो।

१८ वर्ष पार भैसकेको थियो। उहाँ गाउँलेहरूका घर दैलोमा पुग्नुभयो। अनि वाचा गर्नुभयो-'अर्को पटक धर्मपत्नी लिएर आउनेछु।'

उहाँले हरेकलाई भन्नुभएको थियो- 'हामीलाई उपत्यका र पहाडहरू चाहिन्छ। हामीलाई व्यावसायिक विकासका लागि जंगल र पहाडमा बगियानहरू चाहिन्छ। तिनले हाम्रो प्राण धानिराख्नेछन्। त्यसका अलावा हामीले शैक्षिक स्तरलाई पनि सुधार्दै जानुपर्छ।'

उहाँले हरेक घरमुलीलाई घण्टीजडित घडी उपहार दिनुभयो जसबाट तिनीहरूका बच्चाहरू समयमै ब्युँझिएर स्कूल जान सकून् र राम्रो नतीजा ल्याउन सकून्।

उनीहरूले मध्यान्ह भोजनमा खसीको मासु खुवाए। सी चिनफिङले दुई कचौरा खानुभयो र भन्नुभयो- 'मैले यो ल्याङ्च्याह गाउँ छोडेदेखि कहिले पनि यस्तो स्वादिष्ट मासु खान पाएको थिइन।'

पहिलो भ्रमणको स्मरण गर्दै उहाँले लेख्नुभएको छ, 'जब म सन् १९९३ मा ल्याङच्याहमा फर्किएँ, केही गाउँलेहरू ग्रिल उद्योग खोल्नका लागि लिएको अग्रसरताप्रति कृतज्ञ भएका थिए जसले उनीहरूको आम्दानी बढाएको थियो। उनीहरूले सम्झिन्छन्, मिथेन ग्याँसको परियोजना खन्नका लागि मैले हरेकको नेतृत्व लिएको थिएँ। जुन शान्सी प्रान्तको सबैभन्दा पहिलो परियोजना थियो जसबाट गाउँलेहरूले खाना पकाउन र बत्ती बाल्न पाए। तर म पनि सम्झन्छु, उनीहरूले मलाई सहयोग तथा संरक्षण गरेको र उनीहरूको सम्मानबाट प्रेरणा लिन सकेको थिएँ।'

सी चिनफिङ ल्याङ्च्याहका सबै गाउँलेहरूलाइ सम्झिनुहुन्छ। सन् १९९३को भ्रमणका बेला उहाँले चिया उपहार लिएर जानुभएको थियो। सन् २०१५ को वसन्त चाडको केही दिन अघि मात्रै उहाँले चामल, पिठो, खानेतेल, मासु, नयाँ वर्षका पताका र तस्वीरहरू हरेक घरमुलीका लागि किनिदिनुभएको थियो। त्यसपछि उहाँले सबैलाई व्यक्तिगत रूपमै वसन्त चाडको शुभकामना दिनुभयो। अनि नयाँ वर्षमा धेरै समृद्धि भित्रियोस् भनेर कामना पनि गर्नुभयो।

घर गुफाः घर, प्यारो घर

अन्ततः उहाँहरू घरमै पुग्नुभएको थियो। सी चिनफिङ श्रीमती फङ लीयुआनलाई लिएर ल्याङच्याह पुग्नुभयो। त्यस गाउँका चाङ छिङयुआनको घर नै सी चिनफिङ वास बसेको पहिलो घर थियो। सी चिनफिङ लगायत उहाँका ५ जना सहकर्मीहरूलाई चाङ छिङयुआन र लिउ चिनलियानको प्रथम सुत्केरी अवस्थामा गाउँको त्यही घरमा बस्न दिइएको थियो।

आँगन परिसर सफासुग्घर थियो। सुनौला मकैका घोगा र राता मरिचहरू प्रवेशद्वारमा झुलेका थिए।

जब उहाँहरू आँगनमा प्रवेश गर्नुभयो, ६४ वर्षीया लिउ चिनलियान अघि बढिन् र सोधिन्, 'के तिमीले मलाई चिन्यौ?'

'तिमी थाइफिङकी महिला हो। जब तिम्रो विवाह भयो,हामी तिम्रो वैवाहिक समारोहमा सहभागी भएका थियौं।'

सी चिनफिङले अरू दुइटा गुफातर्फ इंगित गर्दै भन्नुभयो -'तिम्रा बुबाआमा त्यहाँ बस्थे, तिमी चाहिं अर्कोपट्टी तिम्रा श्रीमानसँग बस्थ्यौ।'

'एकदमै सही, तिमीले यतिका वर्षपछि पनि चिन्न सक्यौ।' लिउ चिनलियान प्रभावित भइन्।

'म तिमीलाई कसरी बिर्सन सक्छु?'सी चिनफिङले मुस्काउँदै भन्नुभयो।