ल्याङच्याह :सी चिनफिङको मित्रता र आत्मियता--तेस्रो भाग

ल्याङच्याह :सी चिनफिङको मित्रता र आत्मियता--तेस्रो भाग

२०९ पटक पढिएको

स्टुडियो प्लसको यस विशेष भागमा, हामी तपाईँ समक्ष एक साहित्यिक तथा गैर काल्पनिक कृति 'ल्याङच्याह' को तेस्रो भागको श्रव्य प्रस्तुति पस्किने छौं, जसमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको प्रारम्भिक जीवनकाल हेर्नसकिने छ। उहाँ सन् १९६९ देखि सात वर्षसम्म ल्याङच्याहमा त्यहाँका स्थानीय गाउँलेहरूसँगै मिलेर काम गर्दै बस्नुभएको थियो।

मित्रता जुन कहिले पुरानो हुँदैन

आज, ल्याङच्याहको एक सानो सङ्ग्रहालयमा, त्यहाँको भित्तामा एउटा तस्विर झुण्डिरहेको देख्न सकिन्छ। त्यस तस्विरमा गाउँलेले सी चिनफिङ छिङह्वा विश्वविद्यालयमा अध्ययनका लागि गाउँ छोडेर जाने तयारी गर्दा विदाइ गरेको क्षण कैद गरिएको छ।

सीले गाउँलेहरूको बीचमा गएर आफू उच्च पदाधिकारी भए जसरी प्रस्तुत हुनु भएन। तिनीहरूका लागि पार्टी महासचिव परिश्रमि, व्यावहारिक, पुस्तक पढ्न रूचाउने एक युवा मात्र थियो जसरी तिनीहरूले केही दशकअघिदेखि देख्दैआएका थिए।

सी चिनफिङलाई सन् २००९ को अन्ततिर गरेको आफ्नो यानअनको निरिक्षण भ्रमण क्रममा त्यस गाउँका वाङ स्येनफिङ नामका एक गाउँलेसँग भेट्ने अवसर जुरेको थियो। वाङ साधारणतया धेरै बोल्नुपर्ने मानिस तर सीसँग हात मिलाउने क्रममा उनको बोली नै फुटेन। उनले अकस्मात् आफ्नो पुरानो साथीलाई भेट्दा के भनेर सम्बोधन गर्ने ठम्याउनै सकेनन्। श्री "उपराष्ट्राध्यक्ष" भन्ने वा आज पनि "चिनफिङ" मात्रै भनी बोलाउने उनी अन्यौलमा थिए। यस क्रममा सीले पहिला बोल्नुभयोः "स्येनफिङ! तिमी धेरै मोटाए छौ। पछिल्लो पल्ट भएको भेट भन्दा हाल धेरै नै मोटाए छौ।"

दुवैले ल्याङच्याहका पुराना दिन याद गरे। उनीहरूले कहिलेकाहीँ सँगै कुश्ती पनि खेलेका थिए। "त्यो साँच्चै खुशीको क्षण थियो," वाङले भने। "हामी दुवै जना युवा थियौं। तिमीलाई थाहा छ के यदि तिमी यसरी उच्च पदाधिकारी हुन्छ भन्ने मैले पहिले नै जानेको भए, म तिमीसँग कुश्ती खेल्ने नै थिएन।" यो कुरा सुनेर सीको हाँसो छुट्छ र हाँस्दै भन्नु हुन्छ "यस्तो कुरा तिमी कसरी भन्न सक्छौ।"

उक्त गाउँका पार्टी सचिव, स छुनयाङ, जसले सी पछि पद सम्हालेका थिए, उनले सी चिनफिङसमक्ष कार्य विवरण प्रस्तुत गर्ने क्रममा "महामहिम उपराष्ट्राध्यक्ष सी चिनफिङ" भनी सम्बोधन गरे। सीले तुरून्तै रोक्दै भन्नुभयोः "के तिमीहरू पनि मलाई मेरो पदको नामले नै बोलाउने?"

सन् १९६९ मा, सीन चिनफिङ ल्याङच्याहमा बस्न थाल्नुभएको केहि महिनापछि चाङ वइफाङ नामका एक गाउँले विवाह बन्धनमा बाँधिन्छन्। त्यस बेला चाङको घरमा पैसाको अभाव थियो। त्यस कारण सीले आफ्ना खाद्य सामाग्रीहरू उनको परिवारसँग बाँड्नुभएको थियो र नियमित रूपमा रातीको खाना उनीहरूसँगै खाने गर्नु हुन्थ्यो। चाङसँग त्यस समयको रङ्गीन सम्झना अझै पनि छ। उनी भन्छन्: "उहाँ मेरी श्रीमतीले जे पकाएको छ त्यही खानु हुन्थ्यो र गरिब मानिसलाई कहिले हेला गर्नु हुँदैनथ्यो।"

धेरै वर्षपछि सी चिनफिङ अध्ययनका लागि पैचिङ जानुअघि सीले चाङलाई दुई वटा सिरक, दुई वटा कोट र एउटा सिउने सामाग्री दिएका थिए। सीका लागि ती सबै महत्वपूर्ण थियो। किनकि ती सरसामान सबै घर छोडेर गाउँ जाने बेला उहाँका आमाले दिएकी थिइन् र साथै "आमाको मुटु" भनी कारचोबी पनि गरिएको थियो।

सन् १९९३ मा, सी ल्याङच्याह फर्कनु भएको थियो त्यस बेला चाङ वइफाङ माथि पहाडमा किसानी काम गर्दै थिए। उनले यो सन्देश पाउने बित्तिकै दौडेर सीलाई भेट्न पुगे। "चिनफिङलाई मेरो मैलो लुगासँग मतलब छैन," उनले भने। "उहाँले मसँग कुरा गर्नुभयो तर मलाई भने के बोल्ने कसरी बोल्ने जस्तो भएको थियो।"

स्वादिलो अचार

त्यस बेलाको स्मरण गर्दै सी चिनफिङले भन्नुभयो, "ती गाउँलेहरूले मलाई जीवन कसरी बाँच्न पर्छ भन्ने सिकाए र साथै खेतीपाती पनि सिकाए। म एक अज्ञानी युवा थिएं। तर त्यस पश्चात् मैले सबै कुरा सिकें- चाउचाउ, रोटी र अचार बनाउन सिकें। आज पनि त्यो अचारको स्वाद सम्झन्छु।"

सन् २०१५ मा सी त्यस गाउँमा जानुभएको बेला भोजनको टेबलमा अचार पनि राखिएको थियो। "उहाँले धेरै अचार र फर्सी खानुभएको थियो", सँगै खाना खाने मध्ये एकले भने।

स्थानीय अचार सीलाई सदा मनपर्छ। उहाँले केही वर्षपछि एक पत्रकारलाई भन्नुभएको थियोः "पहिले त्यस्ता खानाले मलाई आकर्षित गरेको थिएन। त्यस बेला चोकरमिश्रित खाना खाइन्थ्यो या जे छ त्यही खाइन्थ्यो नभए भोकले मरिहाल्थ्यो नि। गाउँलेहरूले आफ्ना खाद्य सामाग्री जस्तै मकै तथा सोरगमको रोटी मलाई पनि दिन्थे। ती खानेकुरा असाध्यै मीठो थियो। तर सबैभन्दा मीठो त अचार नै हो, जसको स्वाद अहिले पनि मुखैमा बसेको छ।"

सन् २०१४ मार्चमा जब उहाँ क्वी चौ प्रान्तको राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधिसँग सरकारको वार्षिक प्रतिवेदनको समीक्षा गर्दै हुनु हुन्थ्यो, तब उहाँले गाउँघर उहाँका लागि किन महत्वपूर्ण छ भन्ने बताउनुभएको थियो। "मलाई सधैँ गाउँघर मनपर्छ। सन् १९६९ मा जब म त्यहाँ गएको थिएं, मलाई गाउँलेहरूले धेरै सहयोग गरेका थिए। तिनीहरूले आफूले खाने सबै खानेकुरा मलाई पनि बाँडेका थिए। त्यस समयमा एक कचौरा अचार भएमा खाना भरिपूर्ण हुन्थ्यो। मलाई ग्रामिण बस्तीमा रहने गरिब जनताहरूप्रति असाध्यै माया लाग्छ। चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यको हैसियतमा, यस कुरालाई हामीले मनन गर्नु पर्छ र तिनीहरूका लागि काम गर्नु पर्छ। अन्यथा, हामीले आफ्नो विवेकको सामना गर्न सक्दैनौं।"

आत्मियता

सन् १९९४ मा त्यस गाउँका ल्यू हौसङलाई हाडसम्बन्धि रोग लागेको थियो, कुनै समय सी चिनफिङ उनीसँगै बसेका थिए। ल्यूले दुई महिनाभन्दा बढी समयसम्म उपचार गराए र उपचारको क्रममा ६००० यूआन पनि खर्च गरे तर उनको स्वास्थ्यमा सुधार भएन। उनले सी चिनफिङलाई चिठी लेखे र केही हप्तापछि सीले ५०० यूआन पठाउनुका साथै ल्यूको फूचौमा उपचार गर्नका लागि बन्दोबस्त मिलाइदिनु भएको थियो। सी चिनफिङले फूचौमा हरेक रात ल्यूलाई हेर्न जानुभएको थियो। त्यस बेला सीले ल्यूलाई भन्नु भएको थियोः "हौसङ, यदि तिम्रो स्वास्थ्य लाभ हुन्छ भने मलाई उपचार खर्चको चिन्ता छैन।"

ल्यूको स्वास्थ्यमा सुधार भएपछि उनी घर जान तयारी गर्दै थिए, त्यसै बेला सीले हवाइ टिकट किनिदिनुका साथै थप २००० यूआन दिनुभएको थियो। "चीनफिङ, म माफी चाहन्छु, मेरो कारण तपाईँको दशौं हजार यूआन खर्च भयो।" अनि सीले आफ्नो पुरानो साथीलाई आश्वस्त पार्दै भन्नुभयो "हामी साथी हो नि, होइन र? "

केही वर्षपछि, ल्यूको शल्यक्रिया गर्नुपर्ने कुरा सीले थाहा पाउनु भयो। उनको खुट्टा काट्नु पर्ने भएको थियो। सीले शल्यक्रियाका लागि लाग्ने सबै खर्च व्यहोर्नु भयो र त्यहाँका स्थानीय साथीहरूलाई आफ्नो पुरानो साथीको हेरचाह गर्न पनि आग्रह गर्नुभयो। "चीनफिङ धेरै नै असल मानिस हुनुहुन्छ, मेरो लागि त झनै असल।" ल्यूले आँखा भरि आँसु गर्दै भने "मलाई रोग लागेपछि धेरै नै हेरचाह गर्नुभयो।"

ल्यूको उपचारका लागि मात्रै होइन अरू गाउँले विरामी हुँदा पनि सीले सहयोग गर्नुभएको थियो। सीले ल्याङच्याहलाई धेरै वर्षसम्म विविध तरिकाबाट धेरै नै सहयोग गर्नुभएको थियो जस्तै विद्युत आपूर्ति, विद्यालयको पुनःनिर्माण, पुलको निर्माण आदि।

गाउँले वू हुइ भन्छः "जब हामी कसैलाई सहयोगको आवश्यक्ता पर्दथ्यो, उहाँ अगाडि हुन्थ्यो। उहाँले हरेक पत्रको जवाफ पनि पठाउनु भएको थियो।" वूले सन् २००० मा फूच्येनको भ्रमण गर्दा सीले उनलाई घरमा खाना खान निम्त्याउनु भएको थियो। त्यो पनि घरमा पकाएको खाना र सीकी श्रीमती फङ लियूआनले खाना तयारी गर्नुभएको थियो। "उहाँ पनि अरूको ध्यान राख्नु हुन्छ र उहाँले हाम्रो स्थानीय शैलीमा खाना पकाउन प्रयास पनि गर्नुभएको थियो।"

ल्याङच्याहले देखाउँछ चीनको विकास

सन् २०१५ मा अमेरिकाको स्याटल शहरको भ्रमण क्रममा सीले अमेरिकी प्रस्तोतालाई ल्याङच्याहमा रहँदाको आफ्नो जीवनबारे बताउनुभएको थियोः "गाउँलेहरूसँगै म पनि गूफामा बस्ने गर्दथें र गिलो काँचो इँटाको पलङ बनाइ सुत्ने गर्दथें। हामी धेरैलाई मासुको स्वाद कस्तो हुन्छ भन्ने थाहा नै थिएन। यस कुराले मलाई हामीलाई सबैभन्दा आवश्यक वस्तु के हो भन्ने बोध भयो। त्यस बेला म गाउँको पार्टीको सचिव थिएं र उनीहरूको गाउँको विकास गर्न सहयोग गरें। मैले गाउँलेहरूले राम्रो आहार र एक पटक भए पनि मासु खान पाओस् भन्ने एउटै लक्ष्य लिएर कडा परिश्रम गरें। तापनि त्यस बेला उक्त सपना पूरा गर्न असम्भव झैं थियो। तर पछिल्लो वसन्त ऋतुमा, म त्यहाँ जाँदा गाउँमा राम्रो बाटो बनिसकेको थियो, इँटाका घरहरू देखें। गाउँमा ईन्टरनेटको सुविधा पनि थियो। बूढापाकाहरूलाई वृद्धभत्ताको व्यवस्था गरिसकेको पाएं। सबै स्थानीयको स्वास्थ्य बिमा पनि गरिसकेको रहेछ, बालबच्चाहरूका लागि गुणात्मक शिक्षाको प्रत्याभुति थियो। अनि साथै अब मासुभात खानलाई कुनै गाह्रो थिएन।"

"यस सानो गाउँमा तपाईँले चीनको सुधार तथा खुलापन शुरू भएपछिको चीनको विकास र प्रगति आत्मसाथ गर्नसक्नु हुन्छ। विश्वको दोस्रो ठूलो आर्थिक शक्ति बन्न चीनलाई तीस वर्ष लाग्यो। हाल, १.३ बिलियन चिनियाँ नागरिकलाई कुनै कुराको अभाव छैन, उनीहरूले अधिकार प्राप्त, गरिमामय र समृद्ध जीवन बाँच्न पाएका छन्, जुन पहिले थिएन। यो चिनियाँ जनताको जीवनमा देखिएको ठूलो परिवर्तन मात्रै होइन। यो मानव सभ्यताको महत्वपूर्ण प्रगतिको प्रतीक पनि हो, साथसाथै विश्व शान्ति र समृद्धिका लागि चीनको तर्फबाट महत्वपूर्ण योगदान पनि हो।"