नेकपाले पाटीको कार्यविधि पारित गर्दै

नेकपाले पाटीको कार्यविधि पारित गर्दै

२४९ पटक पढिएको

काठमाडौँ। नेपाल कमिन्युष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी समितिले पार्टीको कार्यविधिमाथि दिएका सुझावहरु बारे छलफल गदैंछ । नेकपाको स्थायी समितिले कार्यविधिको अन्तिम टुंगो लगाउन सचिवालयलाई जिम्मा दिएको थियो । पार्टीको आगामी कार्यदिशा र हालसम्मका प्रगतिबारे जानकारी गराएको स्थायी समितिले सुझावसहितको कार्यविधि सचिवालयलाई जिम्मा लगाएको हो । 

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका एकिकरण भएपछि पार्टीका जनवर्गिय संगठन, भातृसंगठनहरुलाई संगठनात्मक ढाँचामा लैजान नेकपाले तयारी गरेको हो । हालसम्म पार्टीको एकिकृत संगठनात्मक ढाँचा अन्यौलमा रहेको छ ।  आजको सचिवालय बैठकले उक्त कार्यविधिमाथि छलफल गर्दै पारित गर्ने तयारी रहेको नेकपाका महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।