मतदाता परिचयपत्र छैन? चिन्ता नलिनुस्, भोट हाल्न पाउनुहुनेछ

मतदाता परिचयपत्र छैन? चिन्ता नलिनुस्, भोट हाल्न पाउनुहुनेछ

१४४४ पटक पढिएको

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन  आइतबार ३२ जिल्लामा हुँदैछ। बाँकी ४५ जिल्लामा मतदान मिति मंसिर २१ लाई तोकिएको छ। कारणवश तपाईंसँग मतदाता परिचयपत्र छैन भने के गर्ने ?

चिन्ता नलिनुस्। मतदाता परिचयत्र नभए पनि मतदान गर्न भने पाइनेछ। निर्वाचन आयोगले मतदाता परिचयपत्र हराए वा नष्ट भएको खण्डमा विकल्प दिएको छ।

तपाईंले आफ्नो नागरिकता प्रमाणपत्र वा सवारीचालक अनुमतिपत्रको आधारमा पनि भोट हाल्न पाउनुहुनेछ। २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र अथवा सरकारी निकायबाट फोटोसहित जारी परिचयपत्र बोकेर जानुभयो भने पनि तपाईं मतदानबाट वञ्चित हुनुहुने छैन।

पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा आयोगले आज पनि मतदाता परिचयपत्र वितरण गरिरहेको छ।