प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२२३ पटक पढिएको

काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजे बस्ने संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले क्यापिटल समाचारलाई जानकारी दिनुभयो । 

बैठकमा लेखा परिक्षण विद्येयक पेश गर्ने सम्भावित कार्यसुची रहेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक परिमार्जन सहित पेश गर्ने तयारी गरेपछि कांग्रेसले नियमित रुपमा संसद अवरुद्ध गर्दै आएको थियो । यस्तै, बैठकमा विभिन्न संसदीय समितिमा रहेका सदस्यको नामावली घोषणा गर्ने तयारी समेत गरिएको छ ।