आयल निगमले सर्वसाधारणका लागी सेयर खुलाउँदै 

आयल निगमले सर्वसाधारणका लागी सेयर खुलाउँदै 

१७९ पटक पढिएको

काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणका लागी सेयर खुलाउने तयारी गरेको छ । निगमको चुक्ता पुँजी वृद्धिसँगै सर्वसाधरणले पनि प्राथमिक सेयर आईपीओमा लगानी गर्न पाउने भएका हुन् । 

निगमको साधरण सभाले २९करोड रुपैयाँको चुक्ता पुँजीलाई बढाएर ११ अर्ब रुपैयाँ  पुर्याएको छ । निगमको हाल कायम रहेको सञ्चित मुनाफाबाट बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने निगमले जनाएको छ ।