चर्चेसोभ यूरोकपसम्म रुसको मुख्य प्रशिक्षक रहने 

चर्चेसोभ यूरोकपसम्म रुसको मुख्य प्रशिक्षक रहने 

२३४ पटक पढिएको

एजेन्सि । स्टानिस्लाभ चर्चेसोभ सन् २०२० को यूरो कपसम्म रुसको मुख्य प्रशिक्षक रहने भएका छन् । प्रशिक्षक चर्चेसोभले रुस फुटबल फेडेरेसनसंग थप दुई बर्षको लागि नयाँ सम्झौता गरेका छन् । घरेलु मैदानमा सम्पन्न विश्वकपमा टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि रुसी प्रशिक्षक चर्चेसोभले थप दुई बर्षको लागि प्रशिक्षण पदमा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासंगै दुई बर्षपछि हुने यूरोकपमा रुसका प्रशिक्षक चर्चेसोभ नै हुने छन्  । सन् २०२० को यूरोकप युरोपका १२ राष्ट्रमा हुनेछ ।

चर्चेसोभसंग नवीकरण सम्झौतामा हस्ताक्षरपछि रुस फुटबल फेडेरेसनले चर्चेसोभको नेतृत्वमा रुसी टिमले उच्च प्रदर्शनको भरोसा राखेको बताएको छ ।  रुसका पुर्व गोलकिपर समेत रहेका प्रशिक्षक चर्चेसोभले सन् २०१६ बाट रुसी टोली सम्हाल्दै आएका छन् । घरेलु भूमिमा सम्पन्न विश्वकपमा चर्चेसोभको प्रशिक्षणमा रहेको रुसले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा क्रोएसियासंग पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित हुँदै रुस विश्वकपबाट बाहिरिएको थियो ।