सरकारको कार्यशैलीप्रति राजपा असन्तुष्ट 

सरकारको कार्यशैलीप्रति राजपा असन्तुष्ट 

२४१ पटक पढिएको

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ । सरकार आफुखुसी मात्र चलिरहेको राजपाको भनाई छ  । क्यापिटल समाचारसंग कुरा गर्दैै राजपा नेता लक्ष्मणलाल कर्णले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारले मन्त्रालय फुटाउनु उपयुक्त नभएको बताउनुभयो । 

यस्तै सरकारले राजपासंग गरेको सहमतीलाई बेवास्ता गरिहेको उहाँको भनाई छ । आफ्नो दलको मागलाई बेवास्ता गरिरहे सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने उहाँले आँैल्याउनुभयो । राजपाले संविधान संशोेधन,मधेस आन्दोलनका क्रममा लगाईएको मुद्धा फिर्ता र रेशम चौधरीको सपथको माग गरिरहेको छ ।