प्रतिनिधिसभाको बैठकमा आज चिकित्सा शिक्षा विद्येयकमाथि सैद्धान्तिक छलफल हुँदै

प्रतिनिधिसभाको बैठकमा आज चिकित्सा शिक्षा विद्येयकमाथि सैद्धान्तिक छलफल हुँदै

२४१ पटक पढिएको

काठमाण्डौँ । प्रतिनिधिसभाको बैठक आईतबार बस्दैछ । संघीय संसद भवन नया बानेश्वरमा बस्ने बैठकमा दुई विद्येयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आईतबार बस्ने संसद बैठकमा चिकित्सा शिक्षा विद्येयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । चिकित्सा शिक्षा सुधारका निम्ति भन्दै आमरण अनशन बस्नु भएका डा. गोविन्द केसी र सरकारबीच सहमति पत्रमा हस्ताक्षर भएपछि सो विद्येयक संसदमा छलफलका लागि प्रस्तुत भएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले समेत सरकारले परिमामर्जनसहित ल्याएको चिकित्सा शिक्षा विद्येयकको विरोध गर्दै संसद अवरुद्द पार्दै आएको थियो । यसैबीच आईतबार संसदमा बिमा विद्येयक प्रस्तुत हुदैछ । अर्थमन्त्री युवराज खतिवडाले बिमा सम्बन्धि विद्येयक संसदमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवत्ता केशव अर्यालले जानकारी दिनुभयो । उहाँले आईतबार बिषयगत समिति गठनका बिषयमा छलफल हुने क्यापिटल समाचारलाई जानकारी दिनुभयो ।