नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न

नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न

२४६ पटक पढिएको

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण सम्पन्न भएसंगै यात्रुहरुलाई सहज भएको छ । घण्टौं लाग्ने सो सडक खण्डमा ३५ मिनेटमै दूरी पार गर्न सकिने भएको छ । यसअघि ६ मिटर चौडा सडक ७ मिटर चौडा गरिएको आयोजनाले जनाएको छ ।  निर्धारित समयको ५ महिना ढिला गरी सम्पन्न भएको सडकखण्ड विश्वबैंकको करिब ३ अर्ब ९० करोडको सहयोगमा निर्माण भएको हो ।

३३ किलोमिटर लामो सडक निर्माणका सबै काम सकिएको आयोजना प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । बर्षातका कारण सडक माथिबाट पहिरो आउने क्रम नरोकिएकाले केही चूनौति थपेको छ । यसअघि पहिरो आएका स्थानमा तारजालीका माध्यमबाट पहिरो राक्ने प्रयास भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।