कसले कहाँ–कहाँबाट गरे मतदान ?

कसले कहाँ–कहाँबाट गरे मतदान ?

१४८ पटक पढिएको

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै मतदान गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका -८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज गर्नुभएको छ ।  गोरखा-२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ । यसैगरी माओवादी कै अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी ४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

 एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन्हुन्छ । ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका-३ नारायणी उमावि केन्द्रमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका मतदाता हुन्हन्छ । मतदाता सूचीमा उहाँको नाम सुनकोसी गाउँपालिका-२ को महेन्द्रोदय उमावि केन्द्रमा छ । पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका-५ का मतदाता हुन्हुन्छ। उहाँको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उहाँले यहीबाट मतदान गर्नुभएको छ ।

कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान सहभागी हुनुभएको छ  ।