चुनाबको बेलामा बम आतंक बढ्दो

चुनाबको बेलामा बम आतंक बढ्दो

८० पटक पढिएको

धादिङमा मतदाता हिँड्ने बाटोमा बम भेटिएको छ । धादिङको गल्छी कुलभञ्याङमा मतदाता हिँड्ने बाटोमा तारले बेरेको सुतली बम भेटिएको हो । बम अहिलेसम्म डिस्पोज भएको छैन । यस्तै धादिङका दुईवटा मतदात केन्द्र नजिकै राखिएका दुईवटा बम डिस्पोज गरिएको छ । धुनीबेसी नगरपालिका ५ र गल्छी ५ कोइलीखर्कमा रहेको मतदान केन्द नजिकै भेटिएको बम बिहानै सेनाले डिस्पोज गरेको हो ।

साथै, धादिङका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मूख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो । त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको महोत्तरीस्थित पुख्र्यौली घरको अगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको औरही नगरपालिका २ स्थित घरको अगाडि बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ ।