चीनको सहयोगमा निजामति अस्पतालको स्तरोन्नति परियोजनाको प्रारम्भ

चीनको सहयोगमा निजामति अस्पतालको स्तरोन्नति परियोजनाको प्रारम्भ

८० पटक पढिएको

चीनको सहयोगमा मिनभवनस्थित निजामति अस्पतालको स्तरोन्नति परियोजनाको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबहादुर पण्डित र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रुपमा आज प्रारम्भ गर्नु भएको छ ।
परियोजनामा  १ सय १५ शैया बेडको नयाँ सर्जिकल भवन र पहिलाका पुराना ३ भवनको स्तरोन्नति गरिनेछ । 
परियोजनाको उद्घाटन कार्यक्रलालाई सम्बोधन गर्दै राजदूत  होङले परियोजना २०१८ को सेप्टेम्बर महिनाबाट प्रारम्भ हुने बताउनुभयो । 

उहाँले वि.सं. २०७२ को भूकम्प पश्चात्ले चीनले नेपालको शिक्षा तथा चिकित्सा क्षेत्र लगायतका क्षेत्रममा ५ वटा परियोजना बनाएर दिने प्रतिबद्धता गरेको छ । जसमा निजामति अस्पताल, सिन्धुपाल्चोक र मनाङका दुई अस्पताल रहेका छन् ।
त्यसैगरी मन्त्री पण्डितले निर्मित निजामति अस्पताल र यसको विस्तारले नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय योगदान पु¥याएको भन्दै भविष्यमा झन् गुणस्तरीय सेवा दिने विस्वास व्यक्त गर्नुभयो ।
११ हजार वर्गमिटरमा फ्रैलिएको परियोजना बारे जानकारी दिँदै अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घ राज आर. सी.ले अस्पताल डेढ वर्षभित्रमा निर्माण गरिसक्ने र करिब सवा अर्र्ब खर्च लाग्ने बताउनुभयो ।