एकपक्षको विरुद्धमा बहुपक्ष,प्रभुत्ववादको विरुद्धमा नियम

एकपक्षको विरुद्धमा बहुपक्ष,प्रभुत्ववादको विरुद्धमा नियम

१०२ पटक पढिएको

हाल सँयुक्त राष्ट्र सँघको ७३औं महाधिवेशन जारी छ र यहाँको माहौल दुई पक्षीय हुँदा चलेको दोहोरीले रमाइलो पनि बनेको छ। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्द ट्रम्पले एकतर्फी रुपमा"अमेरिकालाई प्राथमिक दिनुपर्ने","अमेरिकाको राष्ट्रिय हित सबैभन्दा महत्वपूर्ण हुनुपर्ने"घोषणा गर्नुभएको छ।

अर्कातिर सँयुक्त राष्ट्र सँघका महासचिव एन्टोनिओ गुटेरिस लगायत अत्याधिक मुलुकहरुका प्रतिनिधिहरुले बहुपक्षीयवादको सँरक्षण गर्नुपर्ने तथा सामूहिक गतिबिधि चलाउनुपर्ने कुरामा जोड दिनुभएको छ। एकपक्षको विरुद्धमा बहुपक्ष,प्रभुत्ववादको विरुद्धमा नियमको लागू हुनुपर्ने एउटा गतिबिधि सँयुक्त राष्ट्र सँघको चौतारोमा चलिरहेको छ।

सँयुक्त राष्ट्र सँघको ७३औं महाधिवेशनको मुख्य विषय"सँयुक्त राष्ट्र सँघलाई सबै व्यक्तिहरुसँग घनिष्ठ सम्बन्ध बनाऔं:विश्वको नेतृत्वदायी क्षमता तथा जिम्मेवारीमार्फत शान्ति, समान तथा दिगो विकास हुनसक्ने समाजको निर्माण गरौं"हो। तथापि अमेरिका राष्ट्रपति डोनाल्द ट्रम्पले फेरी एक पल्ट त्यसको विरोध गर्नुभएको छ।

यस पटकको सँयुक्त राष्ट्र सँघको महाधिवेशनको सामान्य बहसमा ट्रम्पले "अमेरिकालाई प्राथमिक दिनुपर्ने"सम्बोधन गर्दै सँयुक्त राष्ट्र सँघीय मानव अधिकार परिषद लगायत बहुपक्षीय सँस्थामाथि आरोप लगाउनुभयो। ट्रम्पको सम्बोधनलाई व्यापक दोषारोपण तथा खण्डन गरिएको समाचार अमेरिकी सञ्चार माध्यमले सम्प्रेषित गरेको छ। प्रभुत्ववाद विश्वमा विद्यमान रहे तापनि अन्तर्राष्ट्रिय अनुशासनलाई अरु न्यायोचित तथा उचित दिशातर्फ विकसित पार्नु अन्तर्राष्ट्रिय समूदायको इच्छा हो।