लब्ली तुलसीको दशैँ कोशेली “पुर्वको मान्छे”

लब्ली तुलसीको दशैँ कोशेली “पुर्वको मान्छे”

४८९ पटक पढिएको

२७ असोज, काठमाडौं । 

मौलिक गित सृजनामा अब्बल लब्ली तुलसीको पुर्वेली गीत ‘पुर्वको मान्छे’ सार्वजनिक भएको छ । तुलसीको सृजनामा तयार भएको गीतमा प्रियजन राईको भाका छ भने राई र ऋतु कोईरालाको स्वर रहेको छ ।

यसअघि ‘पुर्वेली ठिटोलाई’ बोलको पुर्वेली गीत बजारमा ल्याएका तुलसीले यो पटक ‘पुर्वको मान्छे’ बजारमा ल्याएका हुन् ।
खोटाङ महेश्वरीका तुलसीले गाउँघरलाई गीतमा समाबेश गरेका छन् ।

सोलुखुम्बु र खोटाङका भुगोललाई पिरतीसंग गाँसेर लोकलयमा प्रस्तुत गरिएको छ । गीतलाई पुर्वेली जुनतारा म्यूजिकले बजार पठाएको छ ।