‘सामुन्द्रीक पुल नविन सिर्जनाको अर्को उदाहरण’

‘सामुन्द्रीक पुल नविन सिर्जनाको अर्को उदाहरण’

२७८ पटक पढिएको

काठमाडौं । समुन्द्रमा निर्माण गरिएको संसारको लामो पुलको चीनयाँ राष्ट्राध्यक्ष सी चिन फिङले उद्घाटन गर्नुभएको छ । मंगलबार एक कार्यक्रमकाबीच चीनियाँ राष्ट्राध्यक्षले हङकङ चुहाइ मकाउ पुलको उद्घाटन गर्नुभएको हो ।  

निर्माण गर्न १५ बर्ष लागेको ५५ किलोमिटरको पुल सुपर परियोजना अन्तर्गत सम्पन्न गरिएको हो ।

चीनियाँ अधिकारीले भनेका छन्, ‘हङकङ मकाउ पुल एक देश दुई प्रणालीको प्रारुपमा क्वाङ तुङ, हङकङ, मकाउ तीन क्षेत्रले पहिलो पटक सहयोग गरी निर्माण गरेको विश्वको सबैभन्दा लामो र समष्टिगत रूपमा सबैभन्दा धेरै कठिन रहेको समुद्र पार यातायात परियोजना हो ।  यी तीन क्षेत्रबीचको सबैभन्दा महत्वपूर्ण यातायात पूर्वाधार पनि हो ।’

चीनले नयाँ सामुन्द्रीक पुललाई नविन सिर्जनाको अर्को उदाहरणको रुपमा ब्याख्या गरेको छ ।

चीनले भनेको छ, ‘इतिहासदेखि नै नविन सिर्जना चीन राष्ट्रको विशेषता हो । चीनको दीगो विकासका लागि ठूलो शक्ति पनि हो । सुधार तथा खुलापन नीति संचालन भएको चालीस वर्षयता र विशेष गरी पाँच वर्षयता नविन सिर्जनाबाट विकास हुने रणनीति र नविन सिर्जना राष्ट्रको निर्माण गर्ने लक्ष्यको आधारमा चीनले आफ्नो विशेषतायुक्त स्वयं नविन सिर्जना बाटोको विकास गरेको छ ।’

उद्घाटन शत्रमा राष्ट्राध्यक्ष सी चिन फिङले निर्माण उद्योग वास्तविक अर्थतन्त्रको एक मुख्य विषय भएको बताउनुभयो । निर्माण उद्योगको केन्द्रनै नविन सिर्जना रहेको अर्थात् महत्वपूर्ण प्रविधि अपनाउन प्रयास गरी स्वयं नविन सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो ।  

यो चीनका शीर्ष नेताले प्रस्तुत गरेको नविन सिर्जनाबाट विकाससम्बन्धी पछिल्लो धारणा रहेको छ । 

चीनले भनेको छ, ‘यो नै चीनको सुधार तथा खुलापन नीति चालेको चालीस वर्षमा नविन सिर्जना गरी पुनःविकास गर्न दिइएको आदेश पनि हो ।’