चीनको सुधार तथा खुलापनमा अझै ठूलो चमत्कार

चीनको सुधार तथा खुलापनमा अझै ठूलो चमत्कार

१०७ पटक पढिएको

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हालै चीनको सुधार तथा खुलापन लागू भएको सबैभन्दा पहिलो क्षेत्र क्वाङ तुङ प्रान्तको निरीक्षणको क्रममा चीनले निरन्तर सुधारलाई चौर्तफी रुपमा गहन पार्दै र खुलापनको विस्तार गर्दै जानुपर्छ बताउनुहुँदै चीनले विश्वव्यापी नजरलाई अझै ठूलो नयाँ चमत्कार देखाउने व्यक्त गर्नुभएको छ।

वर्तमान अन्तर्राष्ट्रिय तथा देशीय परिस्थिति व्यापक तथा गहन रूपमा परिवर्तन भएको पृष्ठभूमिमा राष्ट्राध्यक्ष सीको यस निरीक्षणले विश्वसमक्ष एक स्पष्ट तथा शक्तिशाली सन्देश दिएको छ। उहाँका अनुसार जटिल बन्दै गएको वातावरणमा चीनले अझ द्दढ विश्वास तथा शक्तिसहितको कदमले सुधार तथा खुलापनलाई लगातार गहन पार्दै जाने छ। यसबाट अनेकन् अस्थिरतासहितको विश्वलाई स्थिर बनाउनसकिने छ।

वर्तमान विश्वका सामु अभूतपूर्व परिवर्तन देखिन्छ। विश्वको बहुपक्षीयकरण र अर्थतन्त्रको वैश्वीकरणले तिब्र गतिमा अन्तर्राष्ट्रिय परिपाटी र आर्थिक प्रारुपलाई व्यवस्थापन गरिरहेको छ। विभिन्न मुलुकले सुधार गर्दै नयाँ विकास अवसर खोजिरहेको छ। यसका साथै एकपक्षीयतावाद,संरक्षणवाद पनि बढ्दै गएको देखिन्छ। सारा विश्वको व्यापार विवाद उकासिँदै गएबाट विश्वमा अझ बढी जोखिम ल्याइएको छ। यी समस्याको कसरी समाधान गर्ने छ?यसप्रति राष्ट्राध्यक्ष सीले क्वाङ तुङ प्रान्तको यस भ्रमणमा सुधार तथा खुलापन नै वर्तमान चीनको विकासको महत्वपूर्ण तथा केन्द्रीय बाटो भएकोमा पुनः जोड दिनुभएको छ। उहाँका अनुसार चालिस वर्षयता चीनको विकास उपलब्धिले विश्व ध्यानाकर्षित भएको छ। कठिनाइ र समस्या रहे तापनि सुधार तथा खुपालनको पाइलामा द्दढ रहने र चीनले अझ उच्च शुरुवातमा अझ ठूलो लक्ष्यका लागि सुधार तथा खुलापनलाई प्रबर्द्धन गर्ने छ।

चीनको सुधार तथा खुलापनको चालिस वर्ष नै चीन र विश्वबीच संयुक्त सहयोग तथा साझा हित भएको चालिस वर्ष हो। विश्व बैंकको सम्बन्धीत् तथ्याङ्कअनुसार सन् २०१७ मा चीनले विश्व अर्थतन्त्रको भाग १५.३ प्रतिशतले ओगटेको छ भने सारा विश्वको अर्थतन्त्रको वृद्धिका लागि ३४ प्रतिशतको योगदान सिर्जना गरेको छ। सुधार तथा खुलापनको चालिसौं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सीले क्वाङ तुङ प्रान्तको निरीक्षणबाट विश्वसमक्ष सुधार तथा खुलापनलाई गहन पार्दै जाने सन्देश नै पुनः दिन खोजिएको हो र चीनको विश्वसमक्ष सबैभन्दा स्पष्ट तथा निश्चित प्रतिबद्धता रहेको र भावी चीनले विश्वलाई अझ ठूलो चमत्कार देखाउने छ।