कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

३१२ पटक पढिएको

प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सबै राजनीतिक दल दोस्रो चरणको तिब्र प्रचारमा जुटेका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएलगतै राजनीतिक दलका शिर्ष नेता तथा पहिलो चरणको निर्वाचनमा उमेदवार बनेका नेताहरु दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा प्रचारका लागि झरेका छन् । 

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडका अनुसार कांग्रेस सहितको लोकतान्त्रकि गठबन्धनले दोस्रो चरणमा निर्वाचन हुने बिभिन्न जिल्लामा प्रचार प्रसारको क्रम सुरु गरेको छ । पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेतालाई दोस्रो चरणको निर्वाचनमा पनि परिचालन गरिएको नेपाली कांग्रेस स्रोतले जनाएको छ । 

प्रचार अभियान अन्तर्गत कांग्रेसले आज रुपन्देही, कपिलवस्तु तथा दाङ जिल्लाको घोराही र तुलसीपुरमा सभाको आयोजना गरेको छ ।