'लम्फु’ फिल्ममा तरकारीवालीकाे अभिनय, पारिश्रमिक समाजसेवामा खर्चिने

'लम्फु’ फिल्ममा तरकारीवालीकाे अभिनय, पारिश्रमिक समाजसेवामा खर्चिने

५९ पटक पढिएको

एक बर्ष अघि एकाएक भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फु’मा अभिनय गरेकी छिन् । एकाएक चर्चामा आएसँगै उनलाई ‘लम्फु’ नामक फिल्मको लागी अफर गरिएको थियो । तर कुशुमले फिल्म खेल्न नमाने पछि फिल्म युनिटले उनलाई मास्टर डिग्री सम्म निशुस्ल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको थियो ।  यतिबेला कुशुम आफैले फिल्ममा अभिनय गरेको खुलाएकी छिन् । एक मिडियासँग अन्तवार्ता दिने क्रममा उनले आफु ‘लम्फु’ फिल्ममा अनुबन्धित भएको र सुटिङ समेत सकिएको बताएकी थिइन् ।

फिल्ममा आफ्नो भुमिकाको बारेमा भने उनले केही खुलाएकी छैनन् । गोपालचन्द्र लामिछाने निर्देशित फिल्म लम्फुबाट प्राप्त भएको पारिश्रमिक अनाथ बालबालिकाको लागी खर्च गरेको उनले उक्त अन्तवार्तामा बताएकी छिन् । पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ’लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुशुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए । उक्त फोटोहरु पहिले भारतमा भाईरल बनेका थिए । भारतीयहरुले नेपालकी तरकारीवाली भन्दै भाईरल गरेका थिए । त्यसपछि नेपाल र भारतका सञ्चारमाध्यमहरुमा कुशुम केहि समय चर्चाको बिषय बनेकी थिइन् ।