कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुरमा बम फेला, नेपाली सेनाद्वारा निष्कृय

४०८ पटक पढिएको

कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको  छ । आज  बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा फेला परेको बम प्रहरीले निस्कृय पारेको हो । उक्त स्थानमा बम भएको आशंका गर्दै स्थानियले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको थियो । आगामी २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न र स्थानीयलाई त्रसित बनाउन चुनाव विरोधी समूहले बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।