आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

आज उधौली पर्व हर्षोल्लासका साथ मनाइदै

३६० पटक पढिएको

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् ।  उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन रहेको छ । विशेष गरी किराँत राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, लगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ ।

उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर साकेला नाच्ने गर्दछन् । यसैबीच नेवार समुदायले यस दिनलाई योमरी पुन्हीका रुपमा मनाउँछन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व रहेको छ । नयाँवालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । यस्तै आजैको दिन बाहुन क्षेत्री समुदायले कुल पूजा गर्दैछन् । आजको बिषेश दिन पारेर वाहुन क्षेत्री समुदायमा देवाली अर्थात कुल पूजा गर्ने चलन छ ।