सुरक्षा व्यवस्था थप मजबुद

सुरक्षा व्यवस्था थप मजबुद

६०३ पटक पढिएको

दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभरीको सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ ।  बिहानैदेखि उपत्यका लगायत दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा सुरक्षा गस्ति सुरुभएको गहृमन्त्रालयले जनाएको हो । पछिल्लो समय उम्मेदवार तथा दल लक्षित बम विस्फोटका घटना बढ्दै गएसंगै गृहमन्त्रालयले ४ वटै सुरक्षा निकायलाई तिव्र रुपमा परिचालन हुन निर्देशन दिएको छ ।

शीर्ष नेता लक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो नदेखिएको गुनासो बढेपछि केहि मुख्य निर्वाचन क्षेत्रहरुमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा गस्ती सुरु गरेको गहृमन्त्रालयको भनाई छ । गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा बढेपछि सुरक्षा रणनितिलाई समेत परिवर्तन गरिएको बताउनुभएको छ ।