निर्वाचनको दिन एयरपोर्ट आउन जान सार्वजनिक यातायातको ब्यवस्था (रुट सहित)

निर्वाचनको दिन एयरपोर्ट आउन जान सार्वजनिक यातायातको ब्यवस्था (रुट सहित)

११३१ पटक पढिएको

यहि मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि सबै यातायात बन्द हुने भएपछि एयरपोर्ट आवतजावत गर्न आन्तरिक तथा बाह्य हवाई यात्रुहरुलाई नेपाल पर्यटन बोर्डले यातायातको ब्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ ।  सञ्चालन हुने बसहरुले एयरपोर्टदेखि उपत्यकाको विभिन्न होटलसम्म र होटलदेखि एयरपोर्टसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा उपलब्ध गराउनेछ ।

यात्रुहरुले सम्पर्कको लागि पर्यटक प्रहरीको टोल फ्री नम्बर ११४४ वा ०१-४२४७०४१ मा फोन गरेर रुट सम्बन्धि वा अन्य जानकारी लिन सकिनेछ । यस सेवा बापत यात्रुहरुले रु. ३०० भाडा तिर्नुपर्नेछ नेपाल पर्यटन बोर्डले जनाएको छ । बस सञ्चालन हुने ३ रुट यस प्रकारको छ :

रुट १ :  एयरपोर्ट - एनएसी - न्यूरोड - होटल अन्नपूर्ण - होटल याक एण्ड यति - ठमेल चोक - लैनचोर चोक - होटल शंकर - एम्बेसडर होटल - एयरपोर्ट 

रुट २ : एयरपोर्ट -  होटल र्याडिसन - होटल सांग्रिला - नारायण गोपाल चोक - महाराजगञ्ज चोक - हायात रेजेन्सी - चावहिल चोक - होटल द्वारिक - एयरपोर्ट

रुट ३ : एयरपोर्ट - तीनकुने चोक - होटल एभरेष्ट - माइतीघर चोक - होटल हिमालय - होटल सोल्टी - होटल ग्राण्ड - एयरपोर्ट

पर्यटक प्रहरी टोल फ्री नम्बर - ११४४
हटलाईन नम्बर - ४२४७०४१