वीरगन्जमा नगद र नमुना मतपत्रसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

वीरगन्जमा नगद र नमुना मतपत्रसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

७४ पटक पढिएको

पर्सा क्षेत्र नं. ३ को पोखरीया नगरपालिकामा बाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचनलाई लक्षित गरी भएको चेकजाँचका क्रममा पोखरिया स्थित पेट्रोल पम्प नजिकैबाट एमालेको स्वास्तिक छाप लागेको २ हजार नमूना मतपत्र सहित तीन जना पकाउ परेका हुन् ।

पक्राउ पर्नेमा बाम गठबन्धनको तर्फबाट पर्साका अशोक रौनियार, बासु प्रसाद र वृजेश पटेल रहेका छन् । ना १ ह ९३३२ नम्बरको अटोमा पोखरिया आईरहेका उनीहरुको साथबाट ३ लाख नगद र एमालेको नमूना मतपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।