शिवपुजनले चुनाव लड्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिएन

शिवपुजनले चुनाव लड्न नपाउने, सर्वोच्चले अन्तरिम आदेश दिएन

३४८ पटक पढिएको

सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवारी खारेज भएको छ । आज सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेजी गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उहाँको उम्मेदवारी खोरेज भएको हो ।  मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ ।

न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । पहिलो संविधानसभामा फोरमबाट सभासद हुुनुभएका यादवलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । यो पटक माओवादीबाट उम्मेदवार बन्नुभएका यादव विरुद्ध स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।