स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड हवाइ फाइर

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड हवाइ फाइर

६४६ पटक पढिएको

कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो । झडप पछि केहीबेर मतदान अवरुद्ध भएको थियो । अहिले मतदान जारीरहेको प्रजिअ कटुवालले जानकारी दिनुभयो ।