२ बजेसम्म सरदर ५० प्रतिशत मतदान :आयोग

२ बजेसम्म सरदर ५० प्रतिशत मतदान :आयोग

२३ पटक पढिएको

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणमा बिहीबार भएको मतदानमा दिनको २ बजेसम्म सरदर ५० प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य सञ्चालन भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायत जिल्लामा ५५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको उनले बताए । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।