तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री

१२२ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्ति मार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षक लगायत पर्यवेक्षणलाई धन्यवाद दिनुभएको हो । उहाँले विभिन्न आशंकाका बीच सरकारले दृढताका साथ निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको बताउनु भयो ।