सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

६५५ पटक पढिएको

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट पूर्वलडाकु एवं नेकपा (माओवादी केन्द्र) का नेता हेमकुमार राईले बाह्र हजार ३९२ मतसहित अग्रता लिनुभएको छ । 

तीनपटक मन्त्री बन्नुभएका नेपाली काँग्रेसका बलबहादुर केसीले आठ हजार ५११ मत प्राप्त गर्नुभएको छ । 

पूर्वसांसद समेत रहेका केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजय हुनुभएको छैन भने राईले पहिलो पटक निर्वाचनमा भाग लिनुभएको हो । 

यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले छ हजार ५०३ मत ल्याउनुभएको छ भने काँग्रेसका प्रकाश सिंह कार्कीले चार हजार ५९७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले सात हजार ४ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका आङ्गेलु शेर्पाले पाँच हजार १७ मत प्राप्त गर्नुभएको छ ।