पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

९७९ पटक पढिएको

काठमाडौँ, २२ मंसिर । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । 

उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो । 

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको रु १००, डिजेल र मट्टितेलको रु ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताउनुभयो । खाना पकाउने एलपी ग्यासको भने रु एक हजार ३५० मूल्य कायम गरिएको छ । 

यता पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।