ताप्लेजुङको सबै क्षेत्रम वाम गठबन्धन विजयी

ताप्लेजुङको सबै क्षेत्रम वाम गठबन्धन विजयी

३७१ पटक पढिएको

ताप्लेजुङ, २३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ । 

प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गर्नुभएको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्र(क) मा एमालेका बलबहादुर चाम्चुहाङ १५ हजार ४१७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लीलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै प्रदेशसभा(ख) मा नेकपा(माओवादी केन्द्र)का टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपेन्द्रकुमार सेन्दाङले सात हजार ५८६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।