जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्यक्षतर्फका सबै उम्मेदवार विजयी

जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्यक्षतर्फका सबै उम्मेदवार विजयी

३४६ पटक पढिएको

संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फ जुम्लामा सबै वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महत भारी मतले विजयी भएसँगै जुम्ला वाम गठबन्धनले कब्जामा गरेको हो ।

विजयी उम्मेदवार महतले ८ हजार २४ मतान्तरले उनीका निकटका प्रतिद्वन्द्वी कांग्रेसका देबेन्द्रबहादुर शाहीलाई पराजित भएका छन् । महतले २२ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने त्यस्तै उनका प्रतिद्वन्दी शाहीले १४ हजार १ सय ४९ मत प्राप्त गरेका थिए । विजयी उम्मेदवार महत २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भने पराजित भएका थिए ।

प्रदेश नम्बर ६ मा मुख्य मन्त्रीको दावी गर्दै आएका बामगठवन्धनका उम्मेदवार नरेश भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरी बिजयी भएका छन् । भण्डारीका प्रतिदोन्दी नेपाली काँग्रेसका राजुसिंह कठायतलाई ४ हजार ३९ मत मतान्त्रर गरेर विजयी भएका छन् भने पराजित कडायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा भण्डारीले करिव २५ हजार मत ल्याएर विजयी भएका थिए भने २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा उनले निर्वाचन बहिष्कार गरेका थिए ।

त्यसैगरी प्रदेश सभाको निर्वाचन क्षेत्र नम्वर (ख) बाट वामगठवन्धनको तर्फका नेकपा एमालेका पदमवहादुर रोकाया भारी मतका साथ विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका भिमनिधि हमाललाई ५ हजार एक सय ७८ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकायाले १० हजार ४ सय ५८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका हमालले ५ हजार २ सय ८० मत प्राप्त गरेका थिए । जुम्लामा ५९ हजार ५८ मत मध्ये ४१ हजार ५ सय ८० मत खसेको थियो भने १ हजार ७ सय २५ मत बदर भएको थियो ।