देशैभर मतगणना जारि,  बाम गठबन्धनको अग्रता कायमै

देशैभर मतगणना जारि, बाम गठबन्धनको अग्रता कायमै

१६७ पटक पढिएको

प्रदेश र प्रतिनिधि सभा सदस्यको पहिलो र दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । मतगणना जारी रहदाँ बाम गठबन्धनले  व्यापक अग्रता कायम राखेको छ । प्रतिनिधिसभा तर्फ बाम गठबन्धन अन्र्तगत नेकपा एमालेले ४९ स्थानमा विजयी हासील गर्दा २९ स्थानमा अग्रता समेत लिएको छ । गठन्धनकै अर्को माओबादी केन्द्रले प्रतिनिधिसभामा २० सिट पक्का गर्दा १५ स्थानमा अग्रता बनाएको छ । प्रदेश सभातर्फ पनि बाम गठबन्धन अग्रस्थानमा छ ।

प्रदेशसभामा गठबन्धनको एमालेले ८४ स्थानमा जित हाँसिल गरेको छ । ६३ प्रदेशसभाका क्षेत्रमा अग्रता कायम राखेको एमालेले प्रतिनिधि र प्रदेशसभा दुबै क्षेत्रमा अग्रता निरन्तर फराकिलो बनाउँदै लगेको छ । त्यस्तै यसपटक निकै अप्रत्यासित नतिजाको सामना गर्नु परेको नेपाली काँग्रेसले १० स्थानमा जित हाँसिल गरेको छ । पतिनिधिसमामा कांग्रसले १२ स्थानमा अग्रता बनाएको छ । प्रदेशसभामा पनि नेपाली कांग्रेस निकै कम सिटमा खुम्चीएको छ । १७ प्रदेश सभाका सिट सुरक्षीत गरेको कांग्रेस २८ ठाउँमा अग्रता बनाउन सपल छ । यस्तै, अन्यले  प्रतिनिधि र प्रदेश सभातर्फ क्रमस ५ र ६ ठाउँमा ठाउँमा जीत हासिल गरेका छन् ।