निर्वाचनसम्बन्धी अध्यादेश नहुँदा संविधानअनुसार संघीय संसद गठनमा अप्ठेरो

निर्वाचनसम्बन्धी अध्यादेश नहुँदा संविधानअनुसार संघीय संसद गठनमा अप्ठेरो

४७३ पटक पढिएको

राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी नहुँदा नयाँ संविधानअनुसार संघीय संसद गठनमा अप्ठेरो हुने भएको छ । उक्त अध्यादेश जारी नभएसम्म राष्ट्रिय सभा गठन, राष्ट्रपति–उपराष्ट्रपति चुनावलगायत काम रोकिने छन्  ।

राष्ट्रिय सभाको चुनाव बहुमतीय वा एकल संक्रमणीय मत प्रणालीअनुसार गर्ने भन्नेमा विवाद छ । अध्यादेश २ महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । अघिल्लो व्यवस्थापिका संसदमा राजनीतिक सहमति नजुटेपछि सरकारले अध्यादेश ल्याएर स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।